८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलमाथि हातपात


३० आश्विन २०७४, सोमबार  

0
Shares

काठमाडौं । प्रतिनिधि दर्ताको विषयमा राजधानीको होटल हायतमा एनआरएन एनसिसी अमेरिकाका अध्यक्ष डा केशव पौडेलमाथि हातपात भएको छ । आइतबार राति उनीमाथि प्रतिनिधि बन्न नपाएका व्यक्तिहरुले हातपात गरेको एनआरएन एनसीसी अमेरिकाले जनाएको छ ।

उपाध्यक्षमा उम्मेदवारी दिएकी रविना थापाका श्रीमान नारायण थापा र बेलायतका एनआरएन आइसीसी सदस्यसमेत रहेका योगेन्द्र क्षेत्रीले पौडेलमाथि हातपात गरेका हुन् ।

आक्रमणपछि पौडेलले सुरक्षाको माग गर्दै आक्रमणकारीमाथि कारबाहीको माग गर्दै अन्तराष्ट्रिय समन्वय परिषद्लाई निवेदन दिएका छन् ।
अमेरिकाबाट फर्जी प्रतिनिधि दर्ता भएको विषय विल्कुलै आधारहीन भएको अध्यक्ष डा पौडेलले दाबी गरे ।

उनले भने, ‘हामीले विधानतः डेलिगेट्स छानेका हौं, कोही व्यक्ति परेन भन्दैमा यसरी हातपातमा उत्रिनु लज्जासपद हो, एनआरएन आइसीसीले यस्ता व्यक्तिलाई चाँडोभन्दा चाँडो कारबाही गरोस ।’ आजको चुनावी कार्यक्रम प्रभावित पार्न उनीहरुले आक्रमण गरेको पौडेलले आरोप लगाए ।

पौडेलको निवेदन हिजै बुझेको र आज हातपात गर्ने दुबैलाई स्पष्टीकरण लिइ पौडेलसमक्ष माफी माग्न लगाइने एनआरएन एनसीसी स्रोतले जनाएको छ । माफी नमागेमा थापा र क्षेत्रीलाई एनआरएनबाट निष्कासन गरिने एनआरएन एनसीसीले उल्लेख गरेको छ ।

 

 

प्रकाशित मिति : ३० आश्विन २०७४, सोमबार  १० : २९ बजे