काठमाडाैं । मुस्ताङ किदुग युएसएले नेपालका बाढी पीडितका लागि सहयोग स्वरुप १० लाख १९ हजार ३ सय ७७ रुपैयाँ प्रदान गरेको छ । अमेरिकामा रहेका मुस्ताङबासीहरुबाट संकलन गरेको उक्त रकम किदुगले काठामाडौमा रहेको मुस्ताङ समाजले स्थलगत रुपमा पुगेर वितरण गरेको जनाएको छ ।
संकलित उक्त रकमबाट ४ लाख १२ हजार ८ सय ३७ रुपैयाँ गृह जिल्ला मुस्ताङको लुप्रा गाउँमा दिएको थियो । लुप्रा गाउ पनि बाढी पहिरोले ठुलो नोक्सान र क्षतिग्रस्त बनाएकोले त्यहाँ सहयोग पठाईएको किदुगले जनाएको छ । गाउँका लागि दिएको रकम एक समारोहकाबीच मुस्ताङ बारा गाउ मुक्ति क्षेत्र गाऊ पालिकाका अध्यक्ष फेन्चोक गुरुङ (धारा) ले वडा अध्यक्ष विरबहादुर गुरुङको रोहवरमा गाउ मुखिया पाल्साङ गुरुङलाइ प्रदान गरेका थिए ।
त्यस्तै तराईमा नेपाल सरकारले तोकिएको क्षेत्र तराईको तिलाठी कोईलाडी गाऊँ पालिका सकरपुरी सप्तरीमा मुस्ताङ समाज काठमाडांैको अध्यक्ष आङयाल गुरुङ र बोर्ड कमिटीको सक्रियतामा ६ सय पन्ध्र घरधुरीलाई चार्पीका लागि ६ लाख रुपैयाँ बराबरको आवश्यक सामग्री वितरण गरेको जनाएको छ ।