२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

भ्रष्टलाई मृत्युदण्ड दिने कानुन बनाउन नेमकिपा संसदमा पुग्नुपर्छ: अनुराधा


११ मंसिर २०७४, सोमबार  

0
Shares

भक्तपुर । नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का तर्फबाट भक्तपुर क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि उम्मेदवार रहेकी अनुराधा थापा मगरले भ्रष्टचारीलाई मृत्युदण्ड दिने कानुन बनाउन आफ्नो दल संसदमा पुग्नुपर्ने बताएकी छन्।

सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित गुन्डुमा घरदैलोको क्रममा आयोजित कोणसभामा उनले उक्त भनाइ राखेकी हुन्। आफ्ना प्रतिद्वन्द्वी कांग्रेस र एमालेका उम्मेदवारप्रति लक्षित गर्दै थापा मगरले भनिन्, ‘भ्रष्टचारी, गुन्डा र भारतीय दलाल घरदैलोमा आइरहेका छन्। उनीहरुलाई परास्त गर्न मजदुर किसान पार्टीले उम्मेदवारी दिएको हो।’ उक्त क्षेत्रमा कांग्रेसबाट पूर्व सभामुख दमननाथ ढुंगाना र एमालेबाट पूर्वमन्त्री महेश बस्नेत मगरका प्रतिद्वन्द्वी हुन्।

उनले देश आत्मनिर्भर बनाउन विश्वविद्यालयसम्म शिक्षा निशुल्क हुनुपर्ने स्वास्थ्य सेवा निशुल्क हुनुपर्ने र ती सबै व्यवस्था नेमकिपाले गर्ने प्रतिबद्धता गरिन्।

मगरले महिलालाई श्रमशक्तिमा बदल्न हरेक वडामा शिशु स्याहार केन्द्र बनाएर समाजवादी बन्दोबस्ती गर्ने र भ्रष्टाचारीलाई मृत्युदण्ड दिने नियम बनाउन नेमकिपा संसदमा पुग्नै पर्ने धारणा राखेकी थिइन्।

प्रकाशित मिति : ११ मंसिर २०७४, सोमबार  ४ : ५४ बजे