१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

निर्वाचनमा सबैभन्दा बढी उम्मेदवार कांग्रेसको, एमाले दोस्रो, माअोवादी तेस्रो


१६ मंसिर २०७४, शनिबार  

0
Shares

प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा सबैभन्दा बढी उम्मेदवारी नेपाली कांग्रेसले दिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रत्यक्षतर्फ निर्वाचन हुने प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये काँग्रेसले १५३ मा र सातै प्रदेशका कूल ३३० निर्वाचन क्षेत्रमध्ये ३२० मा उम्मेदवारी दिएको आयोगले जनाएको छ ।

काँग्रेसले प्रतिनिधिसभाका १२ निर्वाचन क्षेत्र र प्रदेशसभाका १० क्षेत्रमा लोकतान्त्रिक गठबन्धनमा आबद्ध दल राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालसँग चुनावी तालमेल गरेको जनाएको छ ।

आयोगको तथ्यांकअनुसार प्रमुख दलमध्ये नेकपा (एमाले)ले प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमध्ये १०३ मा, नेकपा (माओवादी केन्द्र) ले ६०, संघीय समाजवादी फोरमले १०७, राष्ट्रिय जनता पार्टी नेपालले ६५, नयाँ शक्ति पार्टीले १२३, नेकपा (माले) ले ५९, राप्रपाले छ र राप्रपा (प्रजातान्त्रिक) ले पाँच स्थानमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै सातै प्रदेशसभाका कूल ३३० निर्वाचन क्षेत्रमध्ये एमालेले २००, माओवादी केन्द्रले १२८, संघीय समाजवादीले १८१, नयाँ शक्ति पार्टीले २३९, राप्रपाले ११६, राप्रपा (प्रजातान्त्रिक) ले ४३, नेकपा (माले) ६९ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७४, शनिबार  ६ : ३६ बजे