७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

दोस्रो चरणको निर्वाचन सम्पन्न, ६७ प्रतिशत मतदान


२१ मंसिर २०७४, बिहिबार  

0
Shares

काठमाडौं । दोस्रो चरणको निर्वाचन छिटफुट घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६७ प्रतिशतभन्दा बढी मतदान भएको छ ।

निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा प्राप्त प्रारम्भिक विवरणअनुसार सबैभन्दा बढी गुल्मी जिल्लामा ७१ प्रतिशत मतदान भएको छ । आयोग मिडिया सेन्टरमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतदानमा खसेको मत प्रतिशतको आँकडा अझ बढ्न सक्ने सम्भावना रहेको बताए ।

प्रकाशित मिति : २१ मंसिर २०७४, बिहिबार  ११ : ५१ बजे