३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

मोहन बस्नेतलाइ हराउँदै विजयी भए अग्नि सापकोटा


२३ मंसिर २०७४, शनिबार  

0
Shares

काठमाडौं। सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका अग्नि सापकोटा विजयी भएका छन्। बहालवाला सञ्चारमन्त्री कांग्रेसका मोहन बस्नेतलाई १० हजार ७०६ मतान्तरले हराउँदै पूर्वसञ्चारमन्त्री सापकोटा विजयी भएका हुन्। सापकोटाले ४० हजार ५०४ मत पाए भने बस्नेतले २९ हजार ७९८ मत पाएका छन्। विजयीको औपचारिक घोषणा हुन भने बाँकी रहेको निर्वाचन अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिए।

 

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार  ७ : ०२ बजे