२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

रविन्द्र मिश्रलाइ हराउँदै प्रकाशमान विजयी भए


२३ मंसिर २०७४, शनिबार  

0
Shares

नेपाली कांग्रेसका प्रकाशमान सिंह काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी भएका हुन् । उनले २०६४ साल र २०७० सालमा पनि काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव जितेका थिए ।

काठमाडौं १ बाट विवेकशील साझाका रविन्द्र मिश्रलाई ८१८ मतान्तरले हराउँदै कांग्रेसका प्रकाशमान सिंह विजयी भएका हुन्। सिंहले १०९३६ मत ल्याएका छन्। मिश्रले १०११८ मत मात्र ल्याएका छन्।

देशभर अत्याधिक मतका साथ अगाडि रहेको बामगठबन्धन भने काठमाडौं १ तेस्रो स्थानमा छ । बाम गठबन्धनका अनिल शर्माले ५३३६ मत प्राप्त गरे ।

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार  ७ : ५१ बजे