रोशनको अर्को म्हेन्दोमाया गीत युट्युबामा [भिडियो]

२०७४ पुष ४, मंगलवार १०:५५

गायक तथा संगीतकार रोशन फ्युबाको पछिल्लो म्हेन्दोमाया गीत सार्वजनिक भएको छ । ङोरी मुपाला बोरी खपला….. (भाग्यमा भए पो भागमा पर्ने ) सामाजिक उखान सन्दर्भलार्इ गीतमा उठाएका छन् ।

फ्युबालाई  गायिका जितु लोप्चनले साथ दिएकी छिन । भिडियोमा गायिका छिमी माम्बा र फ्युबाको मुख्य फिचरिङ देख्न सकिन्छ । साथमा बाल कलाकार तेन्जिङ सोनाम र कुसुम तामाङको पनि अभिनय देख्न सकिन्छ भने गायक आफैको शब्द,संगीत रहेको छ ।

भिडियो राजकिङ वाइबाले निर्देशन् र मरुभुमिले छायाँङ्कन गरेका हुन् । दोस्रो म्हेन्दोमाया म्युजिक अवार्डलाई लक्षित गरी भिडियो सार्वजनिक गरिएको  निर्माणपक्षले जानकारी दिए।