८ कार्तिक २०८३, शनिबार | Sat Oct 24 2026

टिपिएस नवीकरणका लागि दुतावासमा ज्ञापन पत्र


Ang

१२ माघ २०७४, शुक्रबार  

0
Shares

वासिङटन डिसी । नेपालमा गएको भूकम्पपछि अमेरिकी सरकारले कागजविहिन नेपालीलाई प्रदान गर्दै आएको टिपिएस नवीकरणका लागि पहल गर्न एनआरएन अमेरिकाकालगायत विभिन्न नेपाली समूदायका प्रतिनिधिहरुले नेपाली राजदुतावसमा ज्ञापन पत्र बुझाएको छ।

एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलको नेतृत्वमा पुगेको टोलीले वासिङटन डिसीस्थित नेपाली दुतावासमा राजदुत डा अर्जुन कार्कीलाई ज्ञापन पत्र बुझाएका हुन् । टोलीले टिपिएसका लागि अमेरिकी सरकार समक्ष पहल गर्न दुतावासलाई अनुरोध गरेको छ । टोलीमा एनआरएन आइसिसीका लागि उत्तर अमेरिकी क्षेत्रीय उपसंयोजक नवीन शेरचनलगायत विभिन्न समूदायका प्रतिनिधिहरु सहभागी भएका थिए ।

प्रकाशित मिति : १२ माघ २०७४, शुक्रबार  ९ : ५९ बजे