१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच गाडी चढ्न हानथाप !


१८ माघ २०७४, बिहिबार  

0
Shares

गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ति चौधरी गाउँपालिका न्यायिक समितिका संयोजक पनि हुन् ।

न्यायिक समितिमा आउने हरेक मुद्धा छिनोफानोको जिम्मेवारी लिएकी शान्तिलाई मुद्धा मिलाउनकै लागि विकट वडामा पुग्नैपर्छ ।

यतिमात्रै हैन, विभिन्न कार्यक्रमका लागि उनलाई विभिन्न स्थानबाट आमन्त्रण गरिन्छ । उनी भन्छिन् सवारीसाधन अभावमा कैयन् काममा पुग्न सकिएको छैन ।

गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरी भन्छिन् गाडी माग्दा अध्यक्षज्युले जहिल्यै छैन भन्नुहुन्छ तर गडी आफ्नै घरमा राख्नुहुन्छ । गाउँपालिकाको एउटा गाडी छ ।

तर त्यो गाडी उनको कामकाजका लागि कहिल्यै प्रयोगमा आउँदैन । नागरिकमा यो खबर छ ।

प्रकाशित मिति : १८ माघ २०७४, बिहिबार  ७ : २६ बजे