२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

ल्हाप्सोमा लैजाने लुङदाको पुजा १६ तारिख किदुगमा हुने


Ang

३ फाल्गुन २०७४, बिहिबार  

0
Shares

ल्होसारको अवसरमा हुदै आएका ल्हाप्सो आगामी फेबररी २५ तारिख आइतबार छेचुकुन्सेलिङ गुम्बा वाल्देनमा हुदैछ । यस पटकको ल्हाप्सोमा विगतमा झै बसहरु विहानको ६ बजे त्यस तर्फ प्रस्थान गरिने भएको छ । गुम्बामा पुजा साङ सेरकिम ८ बजेदेखि साढे ९ बजेसम्म हुने भएको छ । यस पटकको ल्हाप्सोमा शाक्य रिम्पोचेको पनि उपस्थिति हुने भएको आयोजक समितिका सदस्य डेनि पिनासा शेर्पाले बताए ।

उनका अनुसार यस पटक विगत झै विहानी पख अतिथिहरुलाई चिया डेसिल र छङग्युल र स्याक्पाले स्वागत गदै दिउसो साढे ११ बजेदेखि १ बजेसम्म लामा नृत्य छयाम हुने भएको छ । यस पटक विगत झै ससाना बालबालिकाहरुको लागी पनि विशेष कार्यक्रम रहेको उनले बताए । कार्यक्रम वेलुकी ५ बजे सकिने छ । यसबर्षकेा ल्होसारको ल्हाप्सुमा लुङदर लगाउने चाहनेहरुको लागी यही छेवाचिक फेबररी १६ तारिखको दिन शेर्पा किदुगमा रब्नेको लागी ल्याइदिएमा ल्हाप्सो आयोजकले ल्हाप्सो अगावै उपयुक्त शुभ तिथि हेरेर लगाउने जानकारी गरेको छ । ल्हाप्सोको टिकट सवै विक्रि भएकोले सबैले टिकट साथमा ल्याउन पनि आग्रह गर्नुको साथै शेर्पा सस्कृतिकेा संरक्षणकेा लागी सबैले शेर्पा पोशाक लगाउन पनि सवैमा अनुरोध गरेको छ ।

 

न्युयोर्कको ल्हाप्सो सम्बन्धि सूचना !

१) यस बर्षको लोसारमा लुँथर लगाउन चाहने महानुभावहरूले आउने छेवाच्यीकको दिन (February 16, 2018) मा शेर्पा क्यिदुकमा रब्न्यको लागि ल्याइदिनु भएमा ल्हप्सो लावाले लुँथर लगाउने उपयुक्त शुभ-तिथि हेरेर ल्हप्सो भन्दा अगाडि नै लगाइदिने जानकारी गराउदछौं ।२) ल्हप्सो टिकट सबै बिक्री भैसकेको जानकारी गराउदै विना टिकट प्रबेश नपाउने हुनाले सबैले अनिवार्य रूपमा आफ्नो टिकट लिएर आउनुहुन अनुरोध गर्दछौं ।३) हाम्रो संस्क्रितिको संरक्षण तथा प्रवर्द्दको लागि सबैले शेर्पा पोशकमै ल्हप्सोमा पाल्नुहुनेछ भन्ने आशा पनि गर्दछौं ।

-ल्हप्सो लावा २०१८🙏🙏🙏🙏🙏

प्रकाशित मिति : ३ फाल्गुन २०७४, बिहिबार  २ : ३८ बजे