काठमाडौं । नेकपा एमालेले वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मध्यरातसम्म बसेको एमाले स्थायी कमिटीको बैठकले उम्मेदवार चयन गरेको हो ।
राष्ट्रपतिका लागि पूर्वप्रधानमन्त्री झलनाथ खनाल दावेदार थिए । भण्डारी ११ कात्तिक २०७२ मा गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति बनेकी थिइन् ।
राष्ट्रपति चयनका लागि आज बुधबार उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
२९ गते राष्ट्रपतिको लागि निर्वाचन हुदैंछ ।