७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

पर्यटन क्षेत्रका २४ लाई टुरिजम बिजनेस अवार्ड: ककसले पाए ? हेर्नुस फोटोमा


१ चैत्र २०७४, बिहिबार  

0
Shares

शुभप्रभात राई/काठमाडौं

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्यटन क्षेत्रमा क्रियाशिल रहेका २४ व्यवसायीलाई टुरिजम बिजनेस अवार्ड-२०१८ प्रदान गरेका छन् ।

बिहिबार राजधानीको लाजिम्पाटस्थित नेपाली चुलो रेस्टुरेन्टमा गन्तव्य नेपाल पाक्षिक पत्रिकाको १३ ‌‍‍औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले व्यवसायीलाई उक्त अवार्डले सम्मान गरेका हुन् ।

कार्यक्रममा सम्मानित हुनेमा होटलतर्फ योगराज श्रेष्ठ, दामोदर ढकाल र बिकेन बोगटी पोखरा ट्राभलबाट सुवास भण्डारी,  र्‍याफ्टिङबाट चन्द्रबहादुर दाहाल, ट्रभल विधाबाट टासी गुरुङ, दिपेन्द्रकुमार घिमिरे, कमल गुरुङ, ट्रेकिङ विधाबाट प्रज्ञा शर्मा, पम्फा धमला, जिम्बाजङ्बु शेर्पा, राजन सिमखडा, तिलकबहादुर थापा, दावाछिरिङ शेर्पा, रेस्टुरेन्ट विधाबाट प्रतिष्ठा अमात्य विष्ट, क्लब तथा लन्ज विधाबाट समिर गुरुङ, दावा तामाङ, थाङ्का बिधाबाट लि याए वी र रामबहादुर थापा संघसंस्था विधाबाट गिता गुरुङ, स्पा विधाबाट भुवनेश्वर पाइजु, जेम्स विधाबाट वर्कत उल्लाह, भेहिकल विधाबाट मनोजकुमार श्रेष्ठ र रमेश गौतम छन् ।

कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अबको १० बर्ष भित्रमा मुलुकले गुणात्मक रुपले मुहार फेर्ने दाबी गरे। भने, ‘नेपालको राजनीतिक मानचित्र बदलिसकेको र अब नेपालको आर्थिक मानचित्र बदल्नु पर्ने पालो भएको छ।’

उनले कृषिमाभन्दा पर्यटन व्यावसायमा लगानी गरी नयाँ तरिका अपनाएर पर्यटन प्रवर्द्धन गर्नु पर्ने आजको मुख्य आवश्कता रहेको बताए ।

गन्तव्य नेपाल पत्रिकाका सम्पादक शिवा अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका सांसद बहादुरसिंह लामा, पूर्व पर्यटनमन्त्री आनन्द पोखरेल, सांसद अग्नि सापकोटा, टुरिस्ट गाइड एसोसिएसन नेपालका अध्यक्ष केदार तामाङ, टानका अध्यक्ष नवराज दाहाल, नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष सन्तवीर लामालगायको उपस्थिति थियो।

प्रकाशित मिति : १ चैत्र २०७४, बिहिबार  १० : ०६ बजे