काठमाडौं: सोलुखुम्बु टाप्टिङ निवासी समाजसेवी आङ देण्दी शेर्पा लामो समयदेखि अमेरिकाको न्यूजर्सीमा बसोबास गरिरहेका छन्। अमेरिकामा बसे पनि उनले आफ्नो गाउँघरमा सहयोग गर्दै आएका छन् ।
देशको माया, धर्म सस्कृति संरक्षणका लागी परेका उनले हालै मात्र सोलुखूम्बुको तल्लो भेगको पर्यटकिय क्षेत्र पिके डाँडा नजिकै सोलुखुम्बु दुधकुन्ड नगरपालिका वडा १० पिके सम्सिङ लामो मानेमा नयाँ बौद्ध स्तुपा ( च्योरोङ खजु क्ष्योर्तेन) निर्माण गरेका छन् ।
त्यसै गरी सो क्षेत्रको ल्हामुछेमा रहेको बौद्ध पुननिर्माण (बैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त भएको) गरेका छन् । सम्बन्धित निकाय तथा सरकारी पक्षबाट हुने पुन निर्माणको कार्य ढिलासुस्ती भएको आवाज उठिरहेको बेला ब्यक्तिगत पहलमा सस्कृतिक तथा त्यस क्षेत्रको पर्यटकिय महत्वका बौद्ध स्तुपा निर्माण भएकोमा सो क्षेत्रका मानिसहरुले खुशी ब्यक्त गरेका छन् ।
शेर्पाले आफ्ना दिवंगत बुवाआमाको स्मरणमा नयाँ बौद्ध निर्माण गरेको बताए । विभिन्न व्यक्तिको सहयोगीको आर्थिक सहयोगमा बौद्ध निर्माण सम्पन्न भएको उनले बताए ।
दुई वटा बौद्ध निर्माणपछि सो क्षेत्रको मुहार फेरिएको छ । टाप्टिङ जाप्रे गुम्बाको प्रमूख लामा ग्यसे रिम्पोचेबाट रम्देन् (प्रतिस्थापन्) पूजासमेत सम्पन्न भएको छ ।