६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

शेर्पा पत्रकार संघको तेस्रो साधारण सभामा तीन पत्रकार पुरस्कृत [फोटोफिचर]


१३ भाद्र २०७५, बुधबार  

0
Shares

शुभप्रभात राई/काठमाडौं

शेर्पा पत्रकार संघ नेपालको तेस्रो साधरणसभामा तीन पत्रकार पुरस्कृत भएका छन् ।  बुधवार राजधानीको बागबजारस्थित होटल हार्दिकमा आयोजित सभामा हिमाल, शेर्पा र पर्यटन विषयमा कलम चलाउँदै आएका पत्रकारहरुलाई पुरस्कृत गरिएको हो ।

यसरी पुरस्कृत हुनेहरुमा नागरिक दैनिकका  खिलक बढाथोकी, गोरखापत्र दैनिककी सोनाम याङ्जी शेर्पा र अन्नपूर्ण पोष्ट देनिकका छेटु शेर्पा रहेका छन् ।  खिलक सोनाम सारा शेर्पा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् भने सोनाम स्काई मेमोरियल पत्रकारिता पुरस्कारबाट पुरस्कृत भए । दुबैले प्रमाणपत्रसहित जनही दश हजार एक सय एघार रुपैयाँ नगद पाए ।

‘सारा शेर्पा पत्रकारिता पुरस्कार २०७५’ २०६८ भदौ ८ गते मकवानपुरमा भएको अग्नि एअरको जहाज दुघर्टना परेर मृत्यु भएकी एअर होस्टेज सारा शेर्पाको नाममा स्थापना गरिएको  हो । २०६८ भदौ ८ गते मकवानपुरमा भएको अग्नि एअरको जहाज दुघर्टना हुँदा एअर होस्टेज सारासहित १४ जनाको मृत्यु भएको थियो ।

सोही दुर्घटनामा मृत्यु हुने सारा शेर्पा, जापानी नागरिक केन्द्र र अमेरिकन नागरिक युकीको सम्झनामा स्काई मेमोरियल फाउन्डेसन सञ्चालन गरिएको छ । उक्त फाउन्डेसनले मकवानपुरको फापरबारी, शिखरपुर, मन्थली लगायतका क्षेत्रमा शिक्षा, स्वास्थ्य र पूर्वाधारको काम गर्दै आएको फाउन्डेसनका अध्यक्ष दोर्जी छिरिङ शेर्पाले जानकारी दिए । त्यसैगरी फाउन्डेसनले काठमाडौंमा पनि अंपागको क्षेत्रमा काम गर्दै आएको छ ।

यसैगरी अन्नपूर्णका छेटु प्रथम शेर्पा लेखिका लाक्पा फुटी शेर्पा पर्यटन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् । यस पुरस्कारको राशि ५,५५५ रुपैयाँ रहेको छ ।

संघले अघिल्लो वर्ष एभरेष्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पा, रेडियो नेपालकी मिङमा शेर्पा, दि हिमालयन टाइम्सका राजन पोखरेल र एभिन्यूज टेलिभिजनका लाक्पा शेर्पालाई पुरस्कृत गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि यज्ञराज सुनुवार, शेर्पा पत्रकार संघ नेपालका पासाङ शेर्पा, संघीय सांसद जिपछिरिङ लामा, प्रदेश नं ३ का सांसद आङदेम्वे लामा, प्रथम शेर्पा लेखिका लाक्पा फुटि शेर्पा, नपाल शेर्पा संघका अध्यक्ष आङदोर्जे लामा, अन्तराष्ट्रिय पर्वतारोहन संघका सदस्य आङ छिरिङ शेर्पा, नेपाल आदिवासी जनजाति स‌ंघका पूर्व महासचिव आङकाजी शेर्पा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शेर्पा पत्रकार संघ नेपालले सञ्चालन गरेको उद्घोषण, पत्रकारिता र माइन्ड टेक्नोलोजिको तालिममा सहभागी ९४ जनालाई प्रमाणपत्र समेत प्रदान गरेको थियो।

कार्यक्रममा तालिम दिने प्रशिक्षकहरु साथै नेपालको पहिलो लेडी गल्फर खेलाडी प्रतिमा शेर्पालाईसमेत सम्मान गरेको थियो ।

 

प्रकाशित मिति : १३ भाद्र २०७५, बुधबार  ७ : ४९ बजे