२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

रुकुमकी प्रशंसा केसी बनिन् वाईवाई ग्लोकन टिन हिरो-२०१८


१७ भाद्र २०७५, आइतबार  

0
Shares

काठमाडौं। रुकुमकी प्रशंशा केसी ५ सय ३२ प्रतिस्प्रधिलाई पछि पार्दै वाई-वाई ग्लोकन टिन हिरोको अवार्ड हात पार्न सफल भईन्।

शनिवार राजधानीको सोल्टी क्राउन प्लाजा होटमा ग्लोकन वाई-वाई टिन हिरोको आयोजनामा प्रशंशालाई श्रम, रोजगार, तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले अवार्ड हस्तानतरण गरेका थिए।

मन्त्री बिष्टले ग्लोकन टिन हिरो संस्थालाई यस्तो खालको किशोर किशोरी उमेर समुहलाई मुख्य लक्ष्यित गरी प्रतिस्प्रधाको सिर्जना गरेकोमा धन्यबाद दिदै उनले भने ‘सिंगो राज्यको भविष्य नै आजको युवाको काँधमा छ।’

आफ्नो देश आफ्नै पौरखले बदल्नु पर्ने उल्लेख गर्दै उनले थपे अमेरिका, जापान, युके, सिंगापुर लगायत अन्य देशहरु पनि पहिला गरिव नै रहेको प्रश्ट पारे।

बिष्टले युवामा प्राय स्वदेशमा भन्दा पनि बिदेशमै सेटल हुन रुचाउने प्रविधिले गर्दा पनि प्राय युवाहरु बिदेशिने टिप्पनि दिदै देश पूर्णरुपमा त्काल्यै नभए पनि बिकासका कुरामा ध्यानै दिन नछोड्नु पर्ने उनले थपे जति लामो यात्रा लामो भए पनि सुरुवात एकै पाईला देखि गर्नु पर्ने जानकारी गराए।

बैदेशिक रोजगारिमा बिदेशिन बाध्य लाखौं नेपाली युवालाई स्वदेशमै रोक्न र सामाजिक कार्यहरुमा सानै देखि समावेश गराउने मुख्य उदेश्यको साथ ग्लोकन टिन हिरो संस्थाको स्थापना भएको संस्थाको अध्यक्ष आषिश ठाकुरले बताएको थिए।

वाईवाईसाथमा युएनडिपी, नेपाल पर्यटन बोर्ड, कोकाकोला, पन्चकन्या, हुन्डा लगायत अन्य संस्थाहरुले पनि प्रायोजन रहेको छ भने प्रतिस्प्रधिहरु १३ बर्ष देखि १९ बर्ष उमेर तोकिएको कार्यक्रममा जानकारी दिए।

विभिन्न जिल्लाको ५ सय ३२ जना प्रतिस्प्रधामा पहिलो राउन्डमा बिस जना छनौट भएका थिए भने फाईनल राउन्डमा ६ जनाको दावेदारी रहेको थियो जसमा रुकुमकी प्रशंशा केसी अवार्ड पाउन सफल भइन।

प्रतिस्प्रधिले सामाजिक कुराहरु साथै नयाँ किसिमको कामहरु गर्ने चुनौंतिमा प्रशंसले समाजमा घटिरहेका बालबिवाह र अपहरणको मुद्धाहरुलाई सामाजिक संञ्जालहरुको माध्यम बाट उठ्ठान गर्ने विधामा अग्रसर छिन्।

कार्यक्रममा सम्पूर्ण प्रायोजन संस्थाहरुलाई समेत प्रमाणपत्र सहित सम्मान गरेका थिए।

प्रकाशित मिति : १७ भाद्र २०७५, आइतबार  ९ : ०२ बजे