नयाँ मुलुकी एेनविरुद्ध पत्रकारहरु सडकमा

२०७५ भाद्र २२, शुक्रबार १९:३५

काठमाडौं। भदौ १ गते देखि लागु भएको नयाँ मुलुकी एेन पत्रकारिताविरुद्ध रहेको भन्दै पत्रकार महासंघ आन्दोलित भएका छन् ।

शुक्रवार राजधानीको नयाँ बानेश्वोरमा पत्रकारहरु क्यामेरा, कलम, डायरी लगायतका सामाग्रीहरु डाउन गरी सरकारसँग उक्त कानुन संशोधनको माग गरे ।

नेपाल पत्रकार महासंघको आयोजना भएको सांकेतिक प्रदर्शनमा सम्पूर्ण सञ्चार माध्यमका सञ्चार कर्मी लगायत पत्रकारिता क्षेत्रका थुप्रै संघ संस्थाका पदाधिकारिको उपस्थिति थिए ।

सरकारले यस विषयलाई वेवास्ता गरेमा पत्रकारहरुक  एबद्धता भएर आक्रमक तरिकामा आफ्नो हक हितको लागी सरकार विरुद्ध प्रदर्शनीमा उत्रिने महासंघले चेतावनी दिएको छ ।