काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यही असोज ६ गते अमेरिका आउने भएका छन् । अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली त्यसतर्फ जान लागेका हुन् ।
प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओली २० जनाको उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका जान लागेको जनाएको छ ।
‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ आजबाट ७३ औं महासभा आजबाट शुरु भएको छ ।
बैठकलार्इ विभिन्न देशका राष्ट्राध्यक्ष एवं प्रधानमन्त्रीले उच्चस्तरीय सम्बोधन गर्नेछन् । उच्चस्तरीय सम्बाेधन ९ गतेबाट शुरू हुने भए पनि प्रधानमन्त्री ओलीकाे पालाे भने असोज ११ गते छ ।