११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025

अन्ततः वामदेवलाई चुनाव लडाउन काठमाडौंमै सिट खाली हुँदै


२३ आश्विन २०७५, मंगलबार  

0
Shares

नेकपाका नेता वामदेव गौतमले काठमाडौं  क्षेत्र नम्बर ७ बाट चुनाव लड्ने सम्भावना बढेको छ ।

डोल्पा, दैलेख, बैतडी, बाँके र नवलपरासीलगायतका जिल्लाका सांसदले राजीनामा गर्न अस्वीकार गरे पनि काठमाडौं ७ का रामवीर मानन्धरले भने गौतमका लागि सिट खाली गर्ने भएका छन् ।

मानन्धरले राजीनामाका लागि सोमबार नेकपाको सचिवालय बैठकमा निवेदन दिइसकेका छन् । उनको राजीनामा संसदबाट स्वीकृत हुने प्रक्रिया अघि बढेलगत्तै गौतमलाई बुधबार बस्ने सचिवालय बैठकबाट सो क्षेत्रमा उम्मेदवार बनाउने नेकपाको तयारी छ ।

नेकपाको उच्चस्रोतले मानन्धरले राजीनामाका लागि बैठकमै पुगेर निवेदन दिएको पुष्टि गरे पनि उनी भने सम्पर्कमा आएनन् ।

पटक पटक सम्पर्क गर्दा मानन्धरको माबोईल स्विचअफ पाइएको छ ।

काठमाडौं ७ बाट मानन्धर दोस्रोपटक सांसद निर्वाचित भएका हुन् । नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलबार  ७ : ०९ बजे