२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

मेक्सिकोकी सुन्दरी भेनिसाको शिरमा मिस वर्ल्डको ताज


२२ मंसिर २०७५, शनिबार  

0
Shares

मिस वर्ल्ड २०१८ को ताज मेक्सिकोकी सुन्दरी भेनिसा पोन्सले पहिरेकी छिन्।

अमेरिकी क्षेत्रबाट टप १२ मा पर्दै फाइनल यात्रा गरेकी पोन्सले मिस वर्ल्डको ताज पहिरन सफल भएकी हुन्।

उनी ग्लोबल भोटमा थाइल्यान्डसँग पछि परेपनि निर्णायकको मन जित्दै मिस वर्ल्ड बनेकी हुन्।

मिस थाइल्यान्ड रनर अप हुन सफल भइन्। मिस नेपाल शृंखला खतिवडा भने टप १२ सम्म पुग्न सफल भएकी थिइन्।

प्रकाशित मिति : २२ मंसिर २०७५, शनिबार  ७ : ५६ बजे