विभिन्न मुलुकहरु हुदै गैरकानुनी रुपमा अमेरिकी भुमीमा प्रबेश गर्नेहरुलाई अमेरिकी सरकारले अबदेखि कडाईको निति अपनाएको छ । यो नितिले अबदेखि सिमानामा पक्राउमा परेकाहरु धरौटिमा रिहा हुन नपाउने निर्णय गरेको छ ।
अमेरिकी महान्याधिबक्ता विलियम बारले गरेको निर्णय अनुसार यो ९० दिनपछिबाट लागु हुने न्युयोर्कस्थित कानुन व्यवसायी बासु फुलाराले बताए । उनका अनुसार अमेरिकामा रहेका जति पनि अप्रवासी अदालतहरु महान्याधिबक्ताको मताहतमा रहेको छ ।
यो नितिले १८ बर्ष भन्द मुनिको बालबच्चाहरु, एक्लो वेवरिस बच्चाहरु र परिवारहरुलाई भने असर गर्ने छैन । बालबच्चाहरु र परिवारको सवालमा भने यस अघि अमेरिकी अदालतमा भएको एक सम्झौता अनुसार राज्यले अध्यगमन जेलमा परेका बालबच्चाहरु र परिवारलाई २० दिन भन्द बढि जेलमा राख्न नपाउने खालको व्यवस्था गरेको छ ।
गैरकानुनी रुपमा अमेरिका प्रवेश गरि सिमानामा पक्राउमा परेकाहरुले आफु असुरक्षित भएर र्फकन नसक्ने आधारसहितको अन्र्तवार्तामा पास गरेपनि अध्यगमनको न्यायधिसहरुको निर्देशनमा अबदेखि अध्यागमन जेलबाट धरौटीमा छुटाउने नपाउने भएको छ । कानुन व्यवसायी फुलाराका अनुसार यस अघि सिमानामा पक्राउमा परेका व्यक्तिलाई अध्यगमन हिरासतमा राखेको वितिकै धरौटीमा निकाल्न मिल्ने व्यवस्था थियो । तर अब यो निति अनुसार जेलमा परेकोलाई डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटिले चाहेको खण्डमा मात्र निकाल्ने सकिने छ । होइन भने उनीहरुले भित्रैबाटै मुद्धा प्रक्रिया गर्नुपर्छ यदि मुद्धा जितेमा निस्कन पाइन्छ नत्र भने मुद्धा नजितेको खण्डमा त्यहीबाट डिर्पोटेसन हुन सक्ने छ ।