६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

गुठी विधेयक खारेजीको माग गर्दै माइतीघरमा विशाल प्रदर्शन


४ असार २०७६, बुधबार  

0
Shares

काठमाडौं । सरकारले सरोकालवालाहरुसँग छलफल नै नगरी गुठी विधेयक ल्याएको र नेवार सभ्यता नै विस्थापित गर्न खोजेको भन्दै गुठीयारहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

मंगलवार सरकारले गुठी विधेयक फिर्ता लिने निर्णय गरेपनि सरकारलाई खवरदारी गराउन भनेर बुधवार माइतीघरमा विशाल खबरदारी सभा कार्यक्रम आयोजना गरेका हुन् ।
१०० भन्दा बढी नेवार संघसंस्थाको संयुक्त आयोजनामा गुठी विधेयक संयुक्त प्रतिरोध कार्यक्रम गरेको हो ।

उपत्यकाका तीनै जिल्ला र हेटौंडा, पोखरा, बनेपा, पनौतीलगायतका स्थानबाट हजारौंको संख्यामा मानिसहरु बाजाजागा सहित माइतीघर पुगेका छन् । सहभागीले गुठी विधेयक खारेजीको माग गरेका छन्।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  १ : ३५ बजे