२६ भाद्र २०८१, बुधबार | Wed Sep 11 2024

‘जन्मोत्सव’का लागि तामाङ कलाकारले ल्याए आफ्नै भाषाको गीत


२२ असार २०७६, आइतबार  

0
Shares

काठमाडौं । तामाङ समुदायमा पनि जन्मदिन मनाउने चलन बढ्न थालेको छ । यही विषयलाई मध्यनजर गर्दै तामाङ कलाकारहरुले आफ्नै भाषाको जन्मोत्सव गीत तयार पारेका छन् ।

केवा रेला ह्वाई अर्थात जन्मदिनको गीत शीर्षकको उक्त गीत हालै युट्युबबाट सार्वजनिक भएको छ ।

फुलकुमार बमजनको शब्द, संगीत रहेको गीतमा उनलाई स्वरमा शशीकला मोक्तान, बिशाल काल्तान, जोगलाल लामा, सुमिना लो, बबिता पाख्रिन, अञ्जु लामा, पुजा तामाङ, जिग्मेछ्योकी घिसिङ, धुप्छेन बम्जन र शेलीजोभ पाख्रिनले साथ दिएका छन् ।

यस्तो छ शब्द

सछ्या नमछ्या लुङछ्या ह्युल्छया ह्रांलान ग्योईठिम छि थान्ब-२

(माटो बसेको,पानी जमेको,हावा छरिएको,पृथ्वीमा बस्ती बसाएर,आफ्नै संस्कृति बनाइ राखेको)

जम्बुलिङरी ल्हेगो छार्गो तामाङ ल्हुईला म्हेन्दो ए-२

(पृथ्वीमा सप्र,हुर्क तामाङ जातको फूल तिमी)

केवारेला ज्याब मान्बा २ (जन्मदिनको शुभकामना)

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  ९ : १० बजे