२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

विश्वप्रसिद्ध धर्मगुरु, बौद्ध दर्शनका बिद्धान क्याब्जे सोग्यल रिम्पोछेको निधन


Ang

१२ भाद्र २०७६, बिहिबार  

0
Shares

विश्वप्रसिद्ध धर्मगुरु, लेखक, साहित्यकार तथा बौद्ध दर्शनका प्रकाण्ड बिद्धान क्याब्जे सोग्यल रिम्पोछेको ७२ वर्षको उमेरमा बुधबार थाइल्याण्डमा निधन भएको छ । धर्मगुरु सोग्याल रिन्पोछे १९औं शताब्दीका महान निधिपति तेर्तोन सोग्यालको निर्माणाकाय (टुल्कु) हुनुहुन्छ ।

महागुरु ज्याम्याङ खेन्चे छोकी लोडो, क्याब्जे दुजोम रिन्पोछे र दिल्गो खेन्चे रिन्पोछेजस्ता महासिद्धहरुबाट ज्ञान हासिल गरेपछि उहाले लण्डनको क्याम्बि्रज विश्वविद्यालयबाट मास्टर्स डिग्री गर्नु भएको थियो । विगत ४ दशकदेखि यूरोप, अमेरिका, अष्ट्रेलिया र एसियाका विभिन्न मुलुकहरुमा आध्यात्मिक शिक्षा प्रदान गर्दै आउनुभएको सोग्याल रिम्पोछेले बौद्ध शिक्षा प्रर्वद्धनमा अतुलनिया योगदान रहेको छ ।

जीवन, मृत्यु, अन्तर्भाव र पुनर्जन्मसम्बन्धी अंग्रेजी भाषामा लेख्नुभएको उहाको पुस्तक संसारमै प्रख्यात छन् । हालसम्म दशौं लाख भन्द बढिले पढिसकेको उक्त पुस्तक संसारका ३४ वटा भाषामा अनुवाद भइसकेर ८० देशहरुमा विक्री वितरण भइरहेका छन् । जुन पुस्तक ३० लाखभन्दा बढीको संख्यामा छापिए सकेका छन । सन १९४७ मा तिब्बतको खामस्थित सोनाम ग्याल्छेन ल्हाकारमा जन्मनु भएको सोग्याल रिम्पोछे अन्तराष्ट्रिय बौद्ध समुदाय र बौद्ध धर्म केन्द्रहरुको नेटवर्क रिग्पाका सस्थापक हुनुहुन्छ ।

बौद्धधर्मको गहिरो र उच्च अध्ययन पुरा गर्नु भएको रिम्पोछेले सन १९९० मा रिग्पा पब्लिेकसनबाट ‘दोङचेन एण्ड पदमासम्भव,’ सन १९९४ मा ‘द तिब्बेतेन बुक अफ लिभिङ एण्ड डाइङ,’ सन १९९५ मा ‘गिलिम्स अफटर गिलिम्पस’ ‘डेल्लि रिफेलेक्सन अन लिभिङ एण्ड डाइङ’ र सन २००२ मा ‘द फुचर अफ दुद्धिजम’ नामक पुस्तक प्रकाशन गरिसक्नु भएको छ । यो पुस्तकहरु विश्वभरि चर्चित पुस्तकको रुपमा विक्रि भइसकेको छ ।

रिम्पोछेले विभिन्न मुलुकमा दिनु भएको शिक्षामुलक प्रवचन

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहिबार  ९ : ३८ बजे