उपनिर्वाचनको मतगणना नतिजा आउने क्रममा लमजुङको सुन्दरबजार नगरपालिका २ परेवा डाडाको अध्यक्षमा नेकपाका नवीनकुमार श्रेष्ठ बिजयी भएका छन । शनिबार भएको उपनिर्वाचनमा श्रेष्ठले ९सय ८९ मत ल्याई विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका प्रकाश सेढाइले ४ सय ८४ मत ल्याएका थिए ।
त्यस्तै बागलुङको बडिगाढ गाउपालिका वडा नं. २ को वडा अध्यक्षमा नेकपाको उम्मेद्धवर ढालप्रसाद शेरचन विजयी भएका छन । शेरचनले ७ सय मत र उनका निकटतम प्रतिद्धन्दी नेपाली काग्रेसका उमेदवार डिलबहादुर रानाले ४सय १२ ल्याएका थिए ।
सल्यान वडा नम्वर ५ वडा अध्यक्ष पदमा नेकपा उम्मेदवार धर्मे वुढाथोकी ७ सय ९२ मत प्राप्त गरी विजयी भएका छन । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काग्रेसका खड्क वहादुर वोहराले २ सय ५१ मत प्राप्त गरेका छन । कञ्चनपुर जिल्लाको पुनरवास नगरपालिका वडा ३ को वडा अध्यक्षमा नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ विजयी भएका छन । उनले ५ सय २८ मत प्राप्त गरेका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डीबी तामाङले ३सय१० मत प्राप्त गरेका थिए ।
उपनिर्वाचन अन्तर्गत धुलिखेल-२ मा भएको निर्वाचनमा नेकपाका देवप्रसाद कोइराला विजयी भएका छन् । कोइरालाले ८ सय ६७ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका दर्णबहादुर खत्रीले ५ सय ८२ मत प्राप्त गरेका थिए ।