९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

दाहालले बोलाए नेकपा सचिवालय बैठक



काठमाडाैं– नेकपा अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठक बैठक बोलाएका छन्।

अध्यक्ष प्रचण्डले पार्टी मुख्यालय धुम्बाराहीमा बुधबार ९ बजेका लागि बैठक बोलाएका हुन्। समसामयिक विषयमन छलफल गर्न बैठक बोलाइएको हो ।

कार्यकारी अध्यक्षको जिम्मेवारी दिएपछि दाहाले पहिलो पटक सचिवालय बैठक बोलाएका हुन्। मंसिर ४ गते नेकपाको सचिवालय बैठकले उनलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको थियो ।

अघिल्लो मंगलबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया पछि अस्पतालमै छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १० : २४ बजे