१७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026

उपसभामुख तुम्बाहाङ्फेले दिइन् राजीनामा



काठमाडौं– प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएकी छन्।

सोमबार दिउँसो तुम्बाहाङ्फले नयाँ बानेश्वरस्थित संसद सचिवालयमा राजीनामा बुझाएकी हुन्। उनले संसद बैठकमा सभामुख चयन प्रक्रिया सहज बनाउनका लागि आफूले मार्गप्रशस्त गर्न  लागेको बताइन् ।

संसदमा बोल्दै उनले दुई वर्षको आफ्नो कार्यकाल अविस्मरणीय रहेको बताइन्। छोटो समय सम्बोधन गरेकी उपसभामुख तुम्बाहाङ्फेले प्रतिनिधि सभाको सभामुख पद अप्रत्यासित र अश्वभाविक कारणले रिक्त रहेको र सभामुख नहुँदा जटिलता थपिएको बारेमा जानकार रहेको भन्दै संसदको ठूलो दलले सभामुखमा दाबा गरेकाले आफूले सहजीकरण गर्न लागेको बताइन् ।

संसदको अर्को बैठक दिउँसो ४ बजे बस्नेछ। उक्त बैठकको अध्यक्षता जेष्ठ सदस्यले गर्नेछन्। सोही बैठकले सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नेछ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  १ : ५४ बजे