काठमाडौं– जेलमा रहेका एकजनालाई छुटाइदिने भन्दै ४२ लाख रकम घूस लिएको आरोपमा एक वकिल पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले माइतीघरमा रहेको जनन्यायिक कानुनी सेवा केन्द्रका अधिवक्ता टंक रानामगरलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार रानामगरले राजस्व चुहावटमा पूर्पक्षका लागि जेल चलान भएका रमेश दहालको परिवारसँग उक्त रकम लिएका थिए ।