९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

कोरोना विरुद्ध लडन ब्लुमबर्ग र जोन स्ट्राइकरद्धारा ७५ मिलियन डलर सहयोग


Ang

११ चैत्र २०७६, मंगलबार  

0
Shares

सामुदायिक कोष अन्तर्गतको सामुदायिक फाउन्डेसनले कोरोना विरुद्ध लड्नको लागि ७५ मिलियन डलर सहयोग गर्ने भएको छ । विजनेश टाइकुन तथा बिलिनियर माइकल ब्लुमवर्ग, चिकित्सा उपकरण कम्पनीका जोन स्ट्राइकर कोषका संस्थापक केन ग्रिफिन संलग्न फाउन्डेसनले यो रकम सहयोग गर्ने भएको हो ।
विश्वलाई नै आक्रान्त बनाएको महामारी कोरानाले असर पारेका सामाजिक सेवा तथा गैर नाफामुलक साास्कृतिक संस्थाहरुलाई यो रकम सहयोग गरिने छ ।

यो सहयोग रकम न्यूयोर्क सामुदायिक कोष अन्तगर्त रही साना व्यापार तथा मझौला गैर नाफामुलक संस्थाहरुलाई बिना ब्याज ऋण स्वरुप २० मिलियन डलर सम्मको रकम उपलब्ध गराउने भएको छ । न्यूयोर्क सिटीको तथ्यांक अनुसार ६ लाख ६२ हजार कर्मचारी गैरनाफामुलक संस्थामा कार्यरत छन् ।

ब्लुमवर्ग परोपकारी संस्थाका कार्यकारी निर्देशकले प्याट्रिसया ह्यारिसले कोरोना महामारीले न्यूयोर्क शहरलाई क्षति पुर्याउन सक्ने चेतावनी दिएको उल्लेख गर्दै भनेकी छन, यस्ता संस्थाले दिएका सेवा एकदमै महत्वपूर्ण छ । यस्ता परोपकारी साझेदारहरुको संयुक्त पहलले न्यूयोर्कका धेरै नाफामुखी संस्थाहरुले संकटलाई रोक्न र न्यूयार्कवासीको सेवा जारी राख्न मद्धत पुग्ने उनको भनाइ छ । सहयोग अन्तगर्तको रकम, ल्यापटप, दुर्गम क्षेत्रमा क.काम गर्नका लागि आवशयक पर्ने सफटवेयर, अस्थायी कर्मचारी भर्ना, सरसफाइ, उपकरणको रक्षा, कार्यक्रम तथा सेवा अवरुद्ध हुादा गुमाएको रकमको कभर गर्ने उल्लेख छ । तस्विर मिडल इष्ट फोब्स

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ८ : २१ बजे