२ बैशाख २०८३, बुधबार | Thu Apr 16 2026

प्रहरीले दर्ता गर्न मानेन सांसद अपहरणको उजुरी



काठमाडौं । प्रहरीले पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल तथा सत्तारुढ दल नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठविरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा जाहेरी लिन अस्वीकार गरेको छ ।

आफ्ना सांसद सुरेन्द्र यादव गरेको भन्दै जाहेरी दर्ता गर्न महानगरीय प्रहरी परिसर टेकु पुगेको समाजवादी पार्टीका नेताहरु पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोसहितको टोली दर्ता नभएपछि फर्किएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले मुद्दा दर्ता गर्न नसकिने भन्दै ‘जहाँ जानु छ जानुस्’ भन्दै जाहेरी लिन अस्वीकार गरेका थिए। ज्ञवालीले आइतबार मात्रै महानगरीय प्रहरी परिसर काठमाडौंको नेतृत्व सम्हालेका थिए।

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले सत्ता र शक्तिको आडमा प्रहरीले जाहेरी लिन नमानेको प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ७ : १० बजे