नेपालमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

२०७७ बैशाख २७, शनिबार ०९:०९

काठमाडौं । नेपालमा शनिबार थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेका हुन् ।

उदपयपुरको भुल्केमा १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुमा १७ र १८ वर्षका पुरुषहरु तथा पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएकाे छ ।

सम्बन्धित समाचार