कोरोनाको कारण न्युयोर्कमा दुख पाइरहेका नेपाली विद्यार्थीहरुलाई कोरोना भाइरस विरुद्ध जुटदै आइरहेका कोरोना सचेतना तथा सहयोग समुहले तेस्रो चरणमा ७१ जना नेपाली विद्यार्थीहरुलाई राहत वितरण गरेको छ । यस पटक करिब एक महिनालाई पुग्ने गरि राहत वितरण गरेको समुहले जनाएको छ ।
समुहलाई यस पटक प्रबासी नेपाली एकता मन्च अमेरिकाद्वारा ३० जना बिद्यार्थीलाई, तामाङ सोसाइटी अफ नर्थ अमेरिकाद्धारा ३० जना विद्यार्थीहरुलाई र दर्शन ठकुरी समाज अमेरिकाद्वारा ११ जना विद्यार्थीहरुलाई खाधान्न खरिद गर्न आर्थिक सहयोग गरेको थियो । त्यस्तै न्यूयोर्कका समाजसेबी लीला राईद्वारा ७१ जना विद्यार्थीहरुलाई काउली र लेटेस सहयोग गरेका थिए ।
‘ कोरोनाले दुख पाइरहेको नेपाली विद्यार्थीहरुलाई हामीले तेस्रो पटक राहत वितरण गर्न पाएका छौ ’ समुहका सदस्य अच्युत सिग्देलले भने(‘ विद्यार्थीहरुको अवस्था देख्दा उनीहरुलाई सहयोगको निकै जरुरी भएको महसुस भयो’ । सिग्देल लगातार तेस्रो पटक विद्यार्थीहरुलाई राहत वितरणमा लाग्दै आएका थिए । उनका अनुसार हरेक चरणको राहत फरक फरक विद्यार्थीहरुलाई वितरण भएको थियो । न्युयोर्कमा विद्यार्थीहरुलाई सामाजिक सन्जाल, व्यक्तिगत सम्पर्कसंगै भ्वाइस अफ युथ र युनाइटेड नेपालिज स्टुडेन्ट एसोसियसनको सहयोगमा विद्यार्थीहरुको खोजि गरेर राहत वितरण गरेको उनले बताए ।
यस पटक ७१ जना विद्यार्थीहरुको कोठासम्म सामाग्री पुर्याउनका लागी स्वयमसेवकहरु सिग्देलसंगै राज कुमार बिष्ट, बिष्णु राना मगर, पासाङ शेर्पा, मिलन शाही, सतेन्द्र शाह , राक्पे छिरिङ्ग लामा, अनिल पाण्डे, सुबाश लामा, नबराज खड्का, शिव बानिया, बिजय मान सिंह, टेक बम, लाल शाही, उमा तामाङ, छिरिङ्ग लामा, यम लामा, भरत संग्रौला, लाकेन लामा, दीपेन्द्र लामा र आनन्द बिष्ट रहेका थिए । राहत वितरण पछि स्वयसेवकहरुलाई मुस्ताङ् थकाली किचेनका नबीन सेरचन र शर्मिला सेरचनले निशुल्क खाना सहयोग गरेका थिए ।
समुहले यस अघि पहिलो पटक ४६ जना विद्यार्थीलाई, दोस्रो पटक ५६ जना बिद्यार्थीहरुलाई र शनिबार ७१ जना विद्यार्थीलाई खाध्या सामाग्री वितरण गरेका छन । यो समुहले पहिलो पटक आफनै समुहमा रहेका सहयोगीहरुबाट संकलन गरेको रकमले खाद्या सामाग्री खरिद गरेर वितरण गरेका थिए भने दोश्रो पटक सुदुरपश्चिम समाजले २५ जनालाई र कानुन व्यवसायी गिरिजा गौतम दम्पतिले १० जनालाई, बाकी दाताहरुले दिएको रकमबाट किनेर वितरण गरेका थिए । त्यस्तै डा बंगालि चिकित्सक फिरदोज खण्डकारले सबै विद्यार्थीहरुलाइ खाजा दिएका थिए । समुहले राहत दिएको विद्यार्थीेहरु बढि क्विन्स क्षेत्रमा बसोबास गर्नेहरु थिए भने म्यानह्टन र बु्रकलिनमा रहेका विद्यार्थीहरुले पनि राहत पाएका छन ।
‘ एफवान स्टाटसमा रहेका विद्यार्थीहरुको माग भएमा यो किसिमको सहयोग अर्को हप्ता पनि हामी दिन तयार छौ’ समुहका संयोजक आनन्द विष्टले भने -‘ विद्यार्थीहरुले भोग्नु परेको यो पिडामा सहयोगी हातहरु तयार भएकोले हामीलाई दिन सजिलो भइरहेको छ ’ । नेपाली विद्यार्थीहरुलाई तीन चरणसम्म राहत वितरण कार्यमा राजकुमार विष्ट, अच्युत सिग्देल र विष्णु राणामगरको विशेष भुमिका रहेको संयोजक विष्टले बताए ।