आदिवासी जनजाति महासंघ अमेरिका फिफना ( FIPNA )ले न्युयोर्कको नेपाली समुदायमा कोरोना भाईरस संग जोगिन आवश्यक स्वास्थ्य सामाग्री वितरण गरियो । महासंघले आफनो सदस्य सस्थाहरुको साथै अन्य समुदायहरु समेत गरि २३ वटा विभिन्न सामाजिक सस्था र ३ सय ५० जनालाई २५ सय थान एननाइन्टी फाइभ मक्स, ५ हजार थान सर्जिकल माक्स वितरण गरियो । न्यूयोर्कको नेपाली समुदायलाई यति ठूलो मात्रामा एकैपटक स्वस्थ्य सामाग्री वितरण गरिएको यो पहिलो पटक हो ।
( FIPNA ) ले यो सामाग्री कोरोना विरूद्धको सचेतना एवं सहयोग समूह मार्फत वितरण गरिएको यो तेस्रो पटक भएको हो । उक्त स्वस्थ्य सामाग्री लिन विभिन्न सस्थाका प्रतिनिधिहरु तथा व्यक्तिहरु सवै जना समयमै आएर लाइन लागेका थिए । महासंघलाई यो स्वस्थ्य सामाग्री टेक्सासवासी समाजसेवी तथा युएनएका सस्थापक अध्यक्ष पासांङ लामा शेर्पाले उपलब्ध गरेका थिए । उक्त सामाग्री उपलब्ध गराउनमा टेक्सासवासी पवन योन्जनले समन्वयत्माक भुमिका निभाएको ( FIPNA )ले जनाएको छ ।
‘ कोरोना भाइरसबाट जोगिनका लागी हामीलाई स्वस्थ्य सामाग्री उपलब्ध गरिदिने समाजसेवि पासाङ लामाप्रति नेपाल आदिवासी जनजाति महासंघ अमेरीका फिप्ना तथा कोरोना विरूद्धको सचेतना एवं सहयोग समिति साथै सिंगो न्यूयोर्कवासी नेपाली समुदायको तर्फबाट हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु’ फिफनाका अध्यक्ष लोक चेम्जोङले भने-‘ हाम्रो सामाजिक कार्यलाई साथ दिन तपाईहरुले हामी र हाम्रो संस्था मार्फत नेपाली समुदायमा सेवा गर्ने अवसर दिनुभएकोमा धन्यवाद दिन चाहान्छु ‘
फिफनाले कोरोना भाईरसको जोखिमबाट जोगिन चाहिने आवश्यक सामाग्रीहरू तथा अन्य औषधीजन्य सामाग्रीहरू वितरण गर्ने काम सुरूवात देखीनै गर्दै आईरहेका अध्यक्ष चेम्जोङले बताए । उनका अनुसार फिप्नाको पहलमा प्रत्यक्ष रूपमा अहिलेसम्म ६ सय भन्दा बढी परिवारलाई सेवा पुर्याउनुको साथै हालसम्म ३० बन्दा बढी संस्थाहरूलाई प्रत्यक्ष रुपमा आवश्याक सामाग्रीहरू हस्तान्तरण गरेर एक हजार परिवारले सहयोग प्राप्त गरेको छ । फिफनाको यो सामाजिक सेवाको कार्यमा आफनै सदस्य सस्थाका प्रतिनिधिहरुले स्वयमसेवकको भुमिका निभाएका थिए ।