‘माकुरी माया’ सार्वजनिक

२०७७ श्रावण २९, बिहीबार १३:५४

गायिका कुसुम गुरुङ र गायक भविन ढुंगानाको स्वर रहेको ‘माकुरी माया’ बोलको गीत सार्वजनिक भएको छ । पूर्वेली लोक भाकामा रेकर्ड भएको उक्त गीतमा पारस मुकारुङको सँगीत र शब्द कवि उपेन्द्र सुब्बाको रहेको छ ।

कुसुम गुरुङको अफिसियल युट्युब च्यानलबाट हालै सार्वजनिक गरिएको सो गीतको म्युजिक भिडियोको कोरियोग्राफ तथा निर्देशन आशिष राईले गरेका छन् । भिडियोमा इमेज लोकस्टारबाट आएका निकेश राई र मोडल बिमला खजुमले अभिनय गरेका छन् ।

‘केेेही साल अघि नै रचना गरेको गीत रेकर्ड भएर आएकोमा खुशी छु । मैले त झण्डै बिर्सिएको पो रहेछु ।’ गीतकार सुब्बाले भने । गीतको स्वर र भिडियो दुवैमा न्याय पाएको उनले बताए । गायिका कुसुम गुरुङले अग्रज एवं अब्बल गीतकारको ठेट शब्दलाई सक्दो न्याय गरिएको बताइन् । २०६१ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेपछि कुसुमले २०६२ सालमा ‘भीरमाथिको गाउँ’ एल्बम बजारमा ल्याएकी थिइन् । टीका चाम्लिङको शब्द र पारस मुकारुङकै संगीत रहेको एल्बमको शीर्ष गीतमा उनलाई स्वरमा भीषण मुकारुङले साथ दिएका थिए । बीचमा केही गीत रेकर्ड गरेका उनले गत कात्तिकमा पूर्वसभासद् मधु गुरुङको शब्द र संगीत रहेको ‘सुनमाया’मार्फत सांगीतिक पुनरागमन गरेकी हुन् ।
https://www.youtube.com/watch?v=mmf1jKA_gsc

सम्बन्धित समाचार