४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन



काठमाडौं राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार साँझ बजेर ५५ मिनेटमा दुःखद् निधन भएको गत वर्ष शताब्दी वर्ष उमेरपूरा गरेका घिमिरेको आफ्नै निवास लैनचौरमा निधन भएको हो

कविता गीतका माध्यमबाट करोडौँ नेपालीको मन मस्तिष्क छुएका घिमिरेलाई समालोचकहरु परिष्कारवादी धाराका करीब एक मात्र अत्यन्त महत्वपूर्ण कवि मान्छन् उनका गौरी, राष्ट्रनिर्माता, धर्तीमाता, राजराजेश्वरी, पापिनी आमा, अश्वत्थामालगायत खण्डकाव्य चैतवैशाख काव्यसङ्ग्रह चर्चित छन् मालतीमङ्गले उनले लेखेका बहुचर्चित नेपाली नृत्यनाटिका हो अश्वत्थामा (अङ्ग्रेजी) कृतिनोबेल पुरस्कारको मनोनयनका लागि पठाइएको थियो

घिमिरेका किन्नरकिन्नरी गीतसङ्ग्रह, , गाउँछ गीत नेपाली, फूलको थुँगा बगेर गयो, आजै राति  के देखेँ सपना, नेपाली हामी रहौंँलाकहाँ नेपालै नरहे बोललगायत थुप्रै गीत तथा निबन्ध एवं बालसाहित्य प्रकाशित छन् उहाँका थुप्रै बाल कवितामध्ये सानाबालबालिकालाई ध्यानमा राखेरमुनुमुनु म्याँ म्याँ ब्रुक ब्रुकअत्यधिक लोकप्रिय मानिन्छ

राष्ट्रियता, देशभक्ति, प्रकृति प्रेमप्रणयका भावले ओतप्रोत उहाँका कृतिमा परिष्कृत स्वच्छन्दतावादी भावधारा पाइन्छ नेपालीलोकलयमा प्रभावशाली गीत रचना उहाँको अर्को विशेषता हो उहाँले संस्कृत छन्दका नियमभित्रै रहेर छन्दोबद्ध कवितालाई सरल बहुसङ्ख्यक नेपाली पाठकले बुझ्नेस्तरमा उकाल्नुभएको मानिन्छ

अल्पायुमै पत्नी गौरीको निधन भएपछि उनले अत्यन्त प्रभावकारी शैलीमा शोककाव्यको रचना गरे जुन उनको काव्ययात्राको कोशेढुंगासावित भयो त्यसपछि उनले महाकाली घिमिरेसॅग विवाह गरे

लमजुङको पुस्तुन बाहुनडाँडाबाट काठमाडौं आएका  घिमिरेका काव्यकृतिमा मस्र्याङ्दी नदी त्यहाँको लोकजीवनले अत्यन्त महत्वपूर्णपाश्र्वभूमिको काम गरेका छन् उनी नेपाली कवितामा पूर्वीय दार्शनिक भावभूमि प्रखर राष्ट्रवादका हिमायती थिए उनको ऋतम्भरामहाकाव्य लेखन अन्तिम चरणमा थियो

विसं २०७४ माघ २६ गते उनलाई नेपाली सेनाले मानार्थ सहायक रथीको दर्जा दिएको थियो भने सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवीभण्डारीले सोही साल फागुन गते जङ्गीअड्डामा आयोजित समारोहमा दर्जानी चिह्न प्रदान गरेकी थिईन् तत्कालीन नेपाल राजकीयप्रज्ञा प्रतिष्ठानका कुलपतिसम्म हुनुभएका उहाँलाई विसं २०६० मा राष्ट्रकवि उपाधि दिइएको थियो

उनको मंगलबार नै पशुपतिमा अन्त्येष्टि गरिने नेपाली सेनाका एक अधिकृतको नेतृत्वमा रहेको टुकडीले सम्मान गारद प्रदान गर्नेजनाइएको

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ९ : ०४ बजे