पत्रकार स्व बानियाको परिवारलाई नेजाद्धारा ४ लाख ३१ हजार ९ सय ५१ सहयोग

२०७७ भाद्र ७, आईतवार २०:०५

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले बरिष्ठ पत्रकार स्व बलराम बानियाको सहयोगमा संकलित ४ लाख ३१ हजार ९ सय ५१ रुपैया नेपाल पत्रकार महासंघ मार्फत स्व बानियाको १३ औ पुन्य तिथिको अवसर पारेर हस्तन्तरण गरेको छ । उक्त रकम महासंघका अध्यक्ष गोविन्द आचार्यले स्व बानियाको जन्स्थल तनहुंको भानु नगरपालिका १३ स्थित मिर्लुङ बानिया टोलमा पुगेर परिवारलाई हस्तन्तरण गरेका छन ।

महासंघको अध्यक्ष आचार्यको टोलि र प्रेस काउन्सीलका अध्यक्ष सहितको टोलि स्व बानियाको १३ औ पुन्य तिथिको अवसरमा समवेदना प्रकट गर्न पुगेको बेला नेजाको सहयोग हस्तन्तरण गरेका हुन ।  स्व बानियाको निधनपछि परिवारले भोग्नु परेको यो दुखमा नेजाले गरेको यो सहयोग संकलन अभियानमा अमेरिकामा रहेको ४१ जना पत्रकारहरुले ३६ सय ७८ डलर ५१ सेन्ट आर्थिक सहयोग गरेका थिए । उक्त रकम सस्थाको पेपल र बैक एकाउन्टबाट संकलन गरेका थिए । स्व बानिया कान्तिपुर दैनिकको बरिष्ठ पत्रकार एवं महासंघको पुर्व सचिव हुन ।