नियमित उडानको भाडा घटाउन निर्देशन
२०७७ भाद्र १७, बुधबार २०:१६

काठमाडौं । नियमित अन्तर्राष्ट्रिय उडानको भाडा महंगो भएको गुनासो पछि संस्कृति, पर्यटन तथा नागिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगम र हिमालयन एयर भन्दा अरु एयरलाईन्सले बढी भाडा लिन नपाउने निर्देशन दिएको छ ।
मन्त्री योगेश भच्टराईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
विदेशी एयरलाईन्सहरुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त निर्णय अनुसारको निर्देशन दिने छ ।
साथै बजेट एयरलाईन्सको हकमा बुँदा नं. १ अनुसार कायम हुन आएको भाडादर भन्दा कम हुने गरी उडान संचालन गर्न निर्देशन दिने पनिनिर्णय गरेको छ ।
बुधबारदेखि नियमित उडान सुरु भएको छ । यसघि कोरोनाका कारण गत चैतदेखि अन्तर्राष्ट्रिय र आन्तरिक दुबै उडान बन्द थिए ।आन्तरिक उडान भदौ १६ सम्म बन्दै रहेको छ ।
उक्त बैठकले गरेके निर्णयहरु निम्न अनुसार रहेका छन्:
१. अन्तर्राष्ट्रिय उडानको भाडादर सम्बन्धमा हिमालय एयरलाईन्स र नेपाल वायुसेवा निगमको उडान भएका सेक्टर हरुमा तत् तत्वायुसेवाहरुले तय गरेको भाडादर अनुसार उडान गराउन अन्य विदेशी एयरलाईन्सहरुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशनदिने ।
२. बजेट एयरलाईन्सको हकमा बुँदा नं. १ अनुसार कायम हुन आएको भाडादर भन्दा कम हुने गरी उडान संचालन गर्न निर्देशन दिने ।
३. चार्टर उडानको भाडादरको हकमा साविकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वीकृत गरेको भाडादर भन्दा बढी नहुनेसुनिश्चित गरी उडान संचालन गर्न अनुमति दिने ।
४. हवाई भाडादर असुल उपर सम्बन्धमा कालोबजारी, अपारदर्शिता र अन्य गैरकानूनी मुनाफा कायम गरी भाडादर असुल उपर नगर्ननगराउन सम्बन्धित वायुसेवा कम्पनीहरुलाई निर्देशन दिने ।
५. यी निर्णयहरुको कार्यान्वयन, सहजिकरण र अनुगमन गरी दिनका लागि विदेश स्थित नेपाली कुटनीतिक नियोगहरु र सम्बन्धित गैरआवासीय नेपाली संघलाई अनुरोध गर्ने ।
६. २५ अगष्ट २०२० मा भएको ब्ष्च ब्चबदष्ब को उडानबाट एऋच् त्भकत गराई आएका १४२ जनाको होटल क्वारेन्टाईन वापतको रकमसम्बन्धित यात्रुहरुलाई फिर्ता दिन र अव उप्रान्त यस्तो कार्य नगर्न नगराउन ब्ष्च ब्चबदष्ब लाई सचेत गराउने ।