उच्च हिमालहरुको देशको रुपमा परिचित नेपालमा सगरमाथा, अन्नपुर्ण, ल्होत्सेसंगै पछिल्लो समय मनासलु हिमाल आरोहण गर्नेको संख्या बडेको छ । पर्यटन विभागका अनुसार यो सिजनमा मनासलु आरोहणका लागि ३८ दलका ४ सय ४ जनाले आरोहण अनुमति लिएका थिए । आरोहणका लागि अनुमति लिनेमा ९७ जना महिला र ३सय ७ जना पुरुष रहेको जनाएको छ । उनीहरु मध्ये करिब १ सय ८४ जनाले शिखरमा पुगेको विभागले जनाएको छ ।
मनासलु आरोहण गर्नेहरुबाट सरकारले यस पटक ४ करोड ६२ लाख ९१ हजार ५सय ७६ रुपिया राजस्व प्राप्त भएको छ । शरद ऋतुमा कम आरोहण दलले सगरमाथा आरोहण गदै आए अनुसार यस पटक पनि प्रतिकुल मौसमको कारण आरोहण सफल हुन सकेको छैन । विभागका अनुसार विभिन्न ४० वटा हिमाल आरोहणका लागि ७६ देशका १ हजार १ सय ८८ जनाले आरोहण अनुमति लिएका थिए । तर गत वर्ष यही सिजनमा नेपालसहित ६७ देशका ८३ दलका १ हजार २ सय १६ जनाले अनुमति लिएका थिए ।
गत वर्ष अनुमति लिएकामध्ये ६ सय ४७ पुरुष र १सय १५ जना महिलाले सफल आरोहण गरेका थिए । विभागका अनुसार यस पटक आरोहण अनुमति लिनेमा सबैभन्दा बढी अमेरिकी नागरिक रहेका छन् । अमेरिकापछि बेलायत, स्पेन, फ्रान्स, जर्मनी, भारत र इटालीलगायतका मुलकका आरोहीहरुले अनुमति लिएका थिए । विश्वभरका आरोहीहरुको लागी सरकारले मार्च, अपि्रल, मे महिनामा पर्ने वसन्त र सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पर्ने शरद ऋतुमा हिमाल आरोहण खुलाउने गरेको छ ।
तस्विर नेपाल पर्यटन विभाग