१० असार २०८३, बुधबार | Wed Jun 24 2026

संसद् भवन अगाडि आत्मदाह गर्न खोजेका युवाको मृत्यु, माइतीघरमा प्रदर्शन



मङ्लबार दिउँसो संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको निधन भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

अस्पतालका चिकित्सक डा किरण नकर्मीका अनुसार आचार्यको शरीरको ८० प्रतिशत भाग जलेको थियो । जलेर गम्भीर घाइते भएका उनलाई प्रहरीले घटनास्थलबाट तत्कालै उपचारका लागि कीर्तिपुर अस्पताल पुर्‍याएको थियो ।

युवाहरुको प्रदर्शन
नयाँ बानेश्वरस्थित संसद भवनअघि मंगलबार आत्मदाह गरेर ज्यान गुमाएका प्रेमप्रसाद आचार्यको न्याय माग्दै युवाहरू सडकमा उत्रिएका छन् ।

काठमाडौंको माइतीघर मण्डलामा स्वतस्फुर्तरुपमा युवाहरु सडकमा उत्रिएका हुन् । उनीहरुले विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।

लुटतन्त्र, भ्रष्टाचारविरुद्ध एकजुट हौं, भन्दै प्रदर्शनकारीले उनले उठाएका सवालहरूलाई पूरा गर्न पनि दबाब दिएका छन् ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  २ : १६ बजे