६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

न्युयोर्कमा हराएकी ७४ वर्षिया मनमाया भेटियो


Ang

२६ माघ २०७९, बिहिबार  

0
Shares

न्युयोर्कमा गत सोमबार विहानदेखि हराइरहेकी मनमाया मगर फेला परेकी छन् । सबैतिरबाट खोजि गर्ने क्रममा बुधबार बेलुकी ८ बजे न्युयोर्कको कोनेआइल्याण्ड अस्पतालमा उपाचार गरिरहेको अवस्थामा फेला परेको हो ।

न्युयोर्कमा बाटो भुलेर हराएकी ७४ वर्षिया मनमाया हिड्दै ब्रुकलिन पुगेकी थिइन् । दुई दिनको भोको पेट र जाडोले थाकेकी उनी बेहोस अवस्थामा प्रहरीले फेला पारेर अस्पतालमा उपचारका लागि पुर्‍याएको बताइएको छ । उनको साथमा रहेको नेपालको फोनमा सम्पर्क गरि न्युयोर्कमा रहेका परिवारका सदस्यहरुसँग भेटा गराइएको बताइएको छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ९ : ०९ बजे