१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

उपराष्ट्रपतिमा जसपाका यादवलाई भोट दिने कांग्रेसको निर्णय



नेपाली कांग्रेसले यही चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टीका संसदीय दल नेतासमेत रहेका उम्मेदवार रामसहायप्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गठबन्धनबाट साझा उम्मेदवार रहेका जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य यादवलाई मतदान गर्ने निर्णय गरेको हो ।

प्रवक्ता प्रकाशशरण महतले जसपाका तर्फबाट गठबन्धनका साझा उम्मेदवार यादवलाई मतदान गर्ने निर्णय भएको जानकारी दिए । कांग्रेसले पार्टीबाट प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभामा निर्वाचित भएका सदस्यहरूलाई यादवका पक्षमा मतदान गर्न निर्देशनसमेत दिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ५ : २३ बजे