१९ मंसिर २०८१, बुधबार | Thu Dec 5 2024

पार्टी कार्यालय सार्न राप्रपाद्वारा ३५ दिन समय माग



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यालय सार्न काठमाडौं महानगरपालिकासँग ३५ दिनको समय मागेको छ । महानगरलाई पत्र लेखेर कार्यालय सार्नका लागि ३५ दिनको समय माग गरेको मेयरको सचिवालयले जनाएको छ ।

बिजुलीको हाइटेन्सन लाइन मुनि रहेको पार्टी कार्यालय हटाउने सबै तयारी गरेपछि राप्रपाले समय मागेको सचिवालयको भनाइ छ । महानगरले शुक्रबार राप्रपाको पार्टी कार्यालय सार्न ३ दिनको समयावधि दिंदै सूचना जारी गरेको थियो ।

उक्त सूचनालाई राप्रपाले अटेर गरेको भन्दै महानगर प्रहरीको दलबल सहितको टोली सोमबार डोजर लिएर हाँडीगाउँस्थित राप्रपाको कार्यालयमा पुगेको थियो ।

राप्रपाका कार्यकर्ताले भने सडकमा गाडी तेर्साएर डोजर जान अवरोध सिर्जना गरेका थिए । प्रहरी प्रशासनले सुरक्षा व्यवस्थाको जिम्मा नलिएपछि कार्यालय हटाउन डोजर लैजान नसकेको नगर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ६ : ३७ बजे