१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

मधेस, गण्डकी र सुदूरपश्चिमको प्रमुख हटाएर नयाँ सिफारिस



सरकारले तीन प्रदेश प्रमुख हटाएर नयाँ प्रदेश प्रमुख हटाएर नयाँलाई सिफारिस गरेको छ । सत्ता गठबन्धन परिवर्तन भएसँगै कांग्रेस कोटाका प्रदेश प्रमुख हटाएर नयाँ सिफारिस गरिएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेस प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रमुख हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

शर्माका अनुसार मधेस प्रदेशमा सुमित्रा भण्डारी, गण्डकी प्रदेशमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशमा नजीर मियाँलाई नियुक्तिका लागि राष्ट्रपतिकहाँ सिफारिस गरिएको जानकारी दिइन् । हाल मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी छन् । उनीहरूलाई हटाएर नयाँ सिफारिस गरिएको हो ।

केन्द्रसँग प्रदेशहरूलाई समन्वय गर्नका लागि प्रदेश प्रमुख परिवर्तन गर्नुपरेको मन्त्री शर्माले जानकारी दिइन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ११ : २४ बजे