१ फाल्गुन २०८१, बिहिबार | Thu Feb 13 2025

रवि र छविबिरुद्ध रुपन्देहीमा पनि मुद्दा, ८ करोड ४१ लाख रुपैयाँ बिगो दाबी



गोर्खा मिडियाका तत्कालिन सञ्चालकहरु राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीबिरुद्ध रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । उनीहरुसहित १४ जनाबिरुद्ध १ अर्ब १२ करोड बिगो दाबीसहित मुद्दा दर्ता भएको हो । यसअघि २८ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयका अनुसार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गर्न लागिएको छ । रवि लामिछानेलाई ४ करोड १३ लाख र छविलाल जोशीलाई ४ करोड २८ लाख रुपैयाँसहित ४२ जनाविरुद्ध १ अर्ब १२ करोड बिगो माग गरिएको छ । यसअघि प्रहरीले सुप्रिम सहकारीकै रकम अपचलन गरेको अभियोगमा गितेन्द्रबाबु राईसहितका २८ जनाविरुद्ध मुद्दा दर्ता गरिसकेको छ ।

यसअघि लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख र काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा छुटेका थिए ।

प्रहरीले गत शुक्रबार नै ४ सय पेज बढीको दुई प्रतिवेदन सरकारी वकिलको कार्यालाई बुझाएको थियो । प्रतिवेदनमा रवि लामिछानेलाई व्यक्तिगत २ करोड र सामूहिक दायित्व २ करोड १३ लाख गरी ४ करोड १३ लाख रुपैयाँ, छविलाल जोशीलाई २ करोड ५० लाख व्यक्तिगत र १ करोड ७८ लाख सामूहिक दायित्व गरी ४ करोड २८ लाख बिगो दाबी माग गरिएको छ ।

सुप्रिमबाट २ करोडको ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ लामिछानेको नाममा गोर्खा मिडियाको खातामा गएको देखिएको छ । त्यसको भौचरसहित प्रहरीले प्रतिवेदनमा समेटेर २ करोडलाई व्यक्तिगत र अन्यलाई सामूहिक दायित्वमा उल्लेख गरेको छ । लामिछानेका नाममा २०७७ चैत १८ गते २ करोड रकम ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको थियो । उक्त रकमको भौचर सुप्रिमका व्यवस्थाप सागर केसीले सदर गरेका थिए । सुप्रिमकी कर्मचारी रोशनी गुरुङले लामिछानेका नाममा जम्मा गरेकी थिइन् ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  ५ : ५७ बजे