६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

सानो पाइला सहकारीको ठगीमा २९ जनाबिरुद्ध मुद्दा, रविको नाममा एक करोड ५० लाख ऋण



पर्साको सानो पाइला सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । मुद्दामा लामिछानेसँगै गोर्खा मिडियाका तत्कालिन सञ्चालक पूर्व डीआईजी छविलाल जोशी पनि प्रतिवादी छन् ।

उनीहरू दुवै जना रुपन्देहीको सुप्रिम सहकारी ठगीको अभियोगमा कारागारमा छन् । सानो पाइलाका बाँकी २७ जना प्रतिवादी भने फारर रहेको अदालतमा दायर अभियोग पत्रमा उल्लेख छ ।

सानो पाइला सहकारीको कुल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ ११ पैसा हिनामिना गरेको अभियोग छ । सहकारी रकमको अपचलन भएको १ अर्ब ८५ करोड ५७ लाख ९१ हजार ७२३ रुपैयाँ र सहकारीमा मौज्दात देखिनुपर्ने रकम ४४ करोड ५६ लाख ३८ हजार ७७ रुपैयाँ २९ पैसा बिगो कायम गरिएको छ ।

सानो पाइलामा लामीछानेको नाममा एक लाख रुपैयाँको सेयर रहेको अभियोग पत्रमा उल्लेख छ । लामिछाने सानोपाइला सहकारीमा कस्टुमर आईडी ००१–०१५४६१ मार्फत २०७८ साउन १८ गते सदस्य बनी सोही मितिमा उनको नाममा बचत खाता खोलेको उल्लेख छ । खातामा एक लाख रूपैयाँ सेयरबापत जम्मा गरी सोही मितिमा उनको नामको ऋणी खाता बनाई भोलिपल्ट १ करोड ५० लाख रूपैयाँ ऋण जारी गरिएको अभियोगपत्रमा छ । जुन २०८२ साउन १८ गतेसम्मका लागि वार्षिक १२ प्रतिशतका दरले ब्याज भुक्तान गर्ने गरी उक्त ऋण लिएको अभिलेख फेला परेको छ । खातामा उनको ठेगाना काठमाडौँ उल्लेख रहेको तथा श्रीमती निकिता पौडेल र बुवा लालचन्द्र लामिछानेको नाम पनि उल्लेख छ ।

लामिछानेको नाममा लगेको ऋण सोही दिन २०७८ साउन १९ गते गोर्खा मिडिया नेटवर्कमा जम्मा हुने गरी भुक्तानी भएको भेटिएको र नेटवर्कको रवि लामिछानेसमेत सञ्चालक रहेकै ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको पनि खुलाइएको छ ।

लामिछानेले भने वयानका क्रममा उक्त ऋणको बारेमा आफुलाई जानकारी नभएको बताएका थिए ।

साथै उक्त ऋण १ करोड ५० लाखको ब्याजसमेत जोड्दा २०७९ साउन ११ गते १ करोड ८६ लाख ९४ हजार ६०४ रुपैयाँ भएकोमा सहकारीलाई उनले एक पैसा नतिरेको र मिलेमतोमा उनको नामको ऋण गितेन्द्रबाबु (जीबी) राईको नाममा ट्रान्सफर गरिएको उल्लेख छ ।

रवि लामिछानेको हकमा सहकारीलाई तिर्नुपर्ने ५ करोड ७४ लाख ३० हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा बिगो कायम गरिएको छ। यस्तै जोशीलाई ३ करोड २४ लाख ३३ हजार रुपैयाँ ३३ पैसा बिगो कामय भएको छ।

सानोपाइला सहकारी ठगीको आरोपमा २०६ जना पीडितले जाहेरी दिएका थिए। सानो पाइला सहकारीलाई ३० जना प्रतिवादीबाट १ अर्व ३२ करोड ४६ लाख १२ हजार ४५ पैसा बिगो भराउन माग गरिएको छ। लामिछानेले ४ करोड २४ लाख ३० हजार ३३३ रुपैयाँ गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ ।

अन्य डेढ करोड पनि सहकारीलाई तिर्नु पर्ने अभियोग पत्रमा माग गरिएको छ। जाहेरवालालाई तिर्नु पर्ने बिगो रकम छुट्टै छ। जसमा रवि लामिछानेबाट ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो कायम गरिएको छ।

छविलाल जोशीलाई ७ करोड २० लाख ९८ हजार रुपैयाँ बिगो कायम गरिएको छ। यो सानो पाइला सहकारीलाई भराउन पर्ने बाहेक पीडितलाई भराउने बिगो रकम हो। उनीहरुलाई सहकारी ऐन, २०७४ र संगठित अपराध निवारण ऐन, २०७० अनुसार सजाय माग गरिएको छ।

आफू कुनै पनि सहकारीको सेयरधनी वा सञ्चालक नरहेको दाबी गर्दै आएका रवि लामिछानेको स्वामित्वमा पर्साको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा भने १ लाख रूपैयाँबराबरको सेयर रहेको पाइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरूद्ध आइतबार पर्सा जिल्ला अदालतमा सरकारी वकिलले दायर गरेको अभियोगपत्रमा उनका नाममा एक लाख रुपैयाँको सेयर रहेको खुलाइएको छ ।

प्रहरीको अनुसन्धानपछि आइतबार जिल्ला सरकारी वकिल कार्यालय पर्साले जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको हो ।

रवि लामिछाने सानोपाइला सहकारीमा कस्टुमर आईडी ००१–०१५४६१ मार्फत २०७८ साउन १८ गते सदस्य बनी सोही मितिमा उनको नाममा बचत खाता खोलेको भेटिएको छ । जुन खातामा एक लाख रूपैयाँ सेयरबापत जम्मा गरी सोही मितिमा उनको नामको ऋणी खाता बनाई भोलिपल्ट १ करोड ५० लाख रूपैयाँ ऋण जारी गरिएको अभियोगपत्रमा उल्लेख छ । जसअनुसार, २०८२ साउन १८ गतेसम्मका लागि वार्षिक १२ प्रतिशतका दरले ब्याज भुक्तान गर्ने गरी उक्त ऋण लिएको अभिलेख फेला परेको छ ।

खातामा उनको ठेगाना काठमाडौँ उल्लेख रहेको तथा श्रीमती निकिता पौडेल र बुवा लालचन्द्र लामिछानेको नाम पनि लेखिएको छ ।

उनको नाममा लगेको ऋण सोही दिन २०७८ साउन १९ गते गोर्खा मिडिया नेटवर्कमा जम्मा हुने गरी भुक्तानी भएको भेटिएको छ । गोर्खा मिडिया नेटवर्कको रवि लामिछानेसमेत सञ्चालक रहेकै ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको छ ।

रविले भने उक्त ऋणको बारेमा जानकारी नरहेको बताएका थिए ।

रविले सहकारीबाट लिएको साँवा रकम १ करोड ५० लाखको ब्याजसमेत जोड्दा २०७९ साउन ११ गते १ करोड ८६ लाख ९४ हजार ६०४ रुपैयाँ भएकोमा सहकारीलाई उनले एक पैसा नतिरेको र मिलेमतोमा उनको नामको ऋण गितेन्द्रबाबु (जीबी) राईको नाममा ट्रान्सफर गराएको आरोप छ ।

लामिछानेको हकमा व्यक्तिगत १ करोड ४७ लाख ४८ हजार र सामूहिक दायित्वको बिगो ३ करोड २ लाख ३२ हजार ६६६ रुपैयाँ उल्लेख छ ।

रविले डेढ करोड ऋण लिएको तथ्य सहकारीको कम्प्युटरमा पनि फेला परेको र उनले आफ्नो वास्तविक ठेगाना उल्लेख नगरी बागमती, काठमाडौँ मात्रै लेख्न लगाई आफ्नो ठेगाना लुकाउन खोजेको आरोप पनि सरकारी पक्षको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ९ : ०४ बजे