२८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026

रास्वपा र कांग्रेसले पनि बुझायो समानपातिक सूचि



संघीय संसदमा महिला प्रतिनिधित्वसम्बन्धी संवैधानिक प्रावधानका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सांसदको सूचीमा परिवर्तन देखिएको छ ।

रास्वपाले बुझाएको सूचीअनुसार ५७ जनामध्ये ४८ जना महिला र ९ जना पुरुष रहेका छन् । नेपालको संविधानअनुसार संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रत्येक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एक तिहाइ महिला हुनुपर्ने व्यवस्था छ ।

रास्वपाले बुझाएको प्रस्तावित सूचीअनुसार खस–आर्यबाट १७ जना (१ पुरुष), आदिवासी जनजातिबाट १६ जना (३ पुरुष), मधेसीबाट ९ जना (२ पुरुष), दलितबाट ८ जना (१ पुरुष), थारुबाट ४ जना (२ पुरुष) र मुस्लिमबाट ३ जना प्रस्तावित सांसद रहेका छन् ।

खस–आर्य (१६ महिला, १ पुरुष)
प्रतिभा रावल, रचना खतिवडा, लिमा अधिकारी, विदुषी राणा, समीक्षा बास्कोटा, श्रद्धा कुँवर, टीका सङ्ग्रौला, क्रान्ति शिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुसाल, प्रभा कार्की, शोभा खनाल, रत्ना कुमारी थापा, ज्ञानु पौडेल, प्रभा ढकाल र रमेश प्रसाईँ।

आदिवासी जनजाति (१३ महिला, ३ पुरुष)
बसुमाया तामाङ, गङ्गा छन्त्याल, सुन्नीमा उदास, अनुष्का श्रेष्ठ, ओजस्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम महर्जन, भूमिका श्रेष्ठ, प्रमीला कुलुजु, सुजाता तामाङ, कृपा महर्जन, एलिजा गुरुङ, राम लामा, खुश्बु सरकार श्रेष्ठ र मिङ्मा ग्याबु शेर्पा।

मधेसी (६ महिला, २ पुरुष)
पुनमकुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामिनी कुमारी, पुरुषोत्तम सुप्रभात यादव र खगेन्द्र कर्ण।

दलित (७ महिला, १ पुरुष)
रीमा विश्वकर्मा, अमृता विक, सीता बादी, स्मृति सेन्चुरी, सुष्मा स्वर्णकार, तारा विश्वकर्मा, खिमा विक र प्रकाशचन्द्र परियार।

थारु (२ महिला, २ पुरुष)
गीता चौधरी, करिस्मा कठरिया, सुरेन्द्र चौधरी र प्रेमलाल चौधरी।

मुस्लिम (३ महिला)
समिना मिया, अफ्साना बानु र गलाजा शमीम मिकरानी।

यसैबीच नेपाली कांग्रेस ले पनि समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट २० जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले १५ जना महिला र ५ जना पुरुषको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

पुरुषतर्फ विभिन्न क्लस्टरका पहिलो नम्बरमा रहेकाहरूलाई अवसर दिइएको छ। खस–आर्यबाट अर्जुननरसिंह केसी, आदिवासी जनजातिबाट भीष्मराज आङ्देम्बे, मधेसीबाट चन्द्रमोहन यादव, दलितबाट मानबहादुर नेपाली र अपाङ्गता/अल्पसंख्यकतर्फबाट मदनकृष्ण श्रेष्ठको नाम सिफारिस गरिएको छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार आदिवासी जनजाति र खस–आर्यबाट ६–६ जना, दलित र मधेसीबाट ३–३ जना तथा मुस्लिम र थारुबाट १–१ जनाको नाम आयोगमा पठाइएको छ। खस–आर्य क्लस्टरबाटै पिछडिएको क्षेत्रका लागि पनि एक जनाको नाम सिफारिस गरिएको छ ।

खस–आर्य महिलातर्फ सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती, सीता थपलिया र गंगा शाहीको नाम छनोट भएको छ। आदिवासी जनजाति महिलातर्फ गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ, रेनुका काउचा र सुनिताकुमारी सुवेदीको नाम टुंगिएको छ ।

दलित महिलाबाट हरिनादेवी कामी र पवित्रा विकको नाम सिफारिस गरिएको छ । थारु तथा पिछडिएको क्षेत्रबाट विद्यादेवी तिमिल्सिना, महिलातर्फ प्रमिलाकुमारी गच्छदार र मुस्लिम महिलातर्फ शाहजान खातुनको नाम निर्वाचन आयोगमा पठाइएको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  १० : ३६ बजे