काठमाडौंः परिचित कवि दीपा राई पुनको गीति एल्बम ‘प्रतिरुप’ सार्वजनिक भएको छ । बागबजारस्थित होटल हार्दिकमा साहित्यकार पुनको गीति एल्बम ‘प्रतिरुप’ सार्वजानिक भएको हो ।
‘प्रतिरुप’मा आठ गीत समावेश छन् । जसमा राजेश पायल राई, मेलिना राई, भीषण मुकारुङ, रजिना रिमाल, विजय अधिकारी, विनोद राई र सुनिता थेगिमको स्वर भरेका छन् ।
पारस मुकारुङ, वालंद राई, राजेश थापा र डिआर अटुले संगीत रहेका छ ।
प्रतिरुपको ‘बिहानै बिहानै घामको किरणसँग’ बोलको गीतको भिडियो पनि सार्वजानिक गरिएको छ । खगेन्द्र पान्दक लिम्बुले निर्देशन गरेको म्युजिक भिडियोमा हेमन यात्री र सविना गोपालीको अभिनय रहेको छ ।