११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

शिल्पीमा नाटक ‘सोनाम ग्याल्मो’ असार २५ गतेसम्म चल्ने


१३ असार २०७५, बुधबार  

0
Shares

काठमाडौं : लेखक तथा पत्रकार फूलमान वलको नाट्य प्रस्तुतिमा रहेको ‘सोनाम ग्याल्मो’ नाटक बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा मञ्चन भइरहेको छ। हालै सम्पन्न सेलो नाटक महोत्सवको उदघाटनमासमेत प्रदर्शन गरिएको उक्त नाटकका निर्देशक सोनाम लामा हुन्।

श्री ३ जंगबहादुर राणाको मृत्युसम्बन्धी ‘मिथ’मा आधारित नाटक मुलत तामाङ गाउँको कथा हो। तामाङको बिहेमा सुनाइने  डम्फुरे गीत र ताम्बाबीचको सम्वादका क्रममा कथा सुनाउने चलन अहिले पनि यथावत छ। डम्फुका कथा, तामाङ रीतिको कथा र बहादुरीको कथा बिहे ब्रतबन्धनमा सुनाइन्छ।

यसै विषयलाई उनेर तामाङ जारले जंगबहादुरको हत्या गरेको सोनाम ग्याल्मोको आकर्षक विषय हो। नाटक प्रेम, रोचकता, सस्पेन्स त द्वन्द्वले भरिएको छ। काटमार र झगडामा अग्रस्थानमा देखिने तामाङ जातिले निकै संयमता र बुद्धिमतापूर्वक देशकै शक्तिशाली प्रधानमन्त्रीको हत्या गरेको विषयले दर्शक ताली बजाउन बाध्य हुन्छन्।

तामाङ संस्कृतिको जिवन्त प्रस्तुति रहेको नाटक असार २५ सम्म हरेक दिन साँझ ५:३० बाट ६:३० सम्म चल्ने नाटकका निर्देशक सोनाम लामाले जानकारी दिए। शनिबार भने दिउँसो १ बजे अतिरिक्त प्रस्तुति हुने उनले जनाए।

प्रकाशित मिति : १३ असार २०७५, बुधबार  ४ : ३२ बजे