शेर्पाले आफु मात्र हैन विश्वभर देशलाई चिनाएः प्रधानमन्त्री देउवा [भिडियो]

October 8, 2017

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शेर्पाहरुले विश्वमाझ नेपाल चिनाउने काम गरेको बताएका छन् ।

पहिलो विश्व शेर्पा सम्मलेन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पहिलोपटक सगरमाथा आरोहण गरी तेन्जिङ नोर्गे शेर्पाले नेपाललाई चिनाएको बताएका हुन् ।

हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा जाति र सगरमाथाकै कारण संसारमा नेपाल चर्चामा आएको र नेपालका आयश्रोतको एक हिस्सा शेर्पा जाति भएको देउवाले बताए । प्रधानमन्त्री देउवाले संविधानमा उल्लेख गरेअनुसार नै शेर्पा जातिले आफ्नो हक प्राप्त गर्ने वचन दिए ।

कार्यक्रममा पूर्वमन्त्री कृपासुर शेर्पाले शेर्पा जाति कर्मठ भएको तर राज्यले अधिकारबाट बञ्चित गराएको बताए । त्यसैगरी पूर्व सभासद् जिपछिरिङ लामा शेर्पाले पनि राज्यले वास्ता नगरेको बताए ।

सम्बन्धित समाचार