१९ मंसिर २०८१, बुधबार | Thu Dec 5 2024

ओखलढुङ्गामा अाठ तहः चारमा कांग्रेस, तीनमा एमाले, एकमा माअोवादी


२१ असार २०७४, बुधबार  

0
Shares

ओखलढुङ्गाको कुल आठवटा स्थानीय तह मध्ये चारवटामा नेपाली काँग्रेस, तीनवटामा नेकपा (एमाले) र एउटामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

एक नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा काँग्रेस चम्पादेवी गाउँपालिका, खिजिदेम्बा गाउँपालिका, मानेभञ्ज्याङ गाउँपालिका र सुनकोसी गाउँपालिकामा विजयी भएको छ । एमाले सिद्धिचरण नगरपालिका, मोलुङ गाउँपालिका र लिखु गाउँपालिकामा विजयी भयो माओवादी केन्द्र चिशङ्खुगढी गाउँपालिकामा विजयी भएको छ ।

सिद्धिचरण नगरपालिकाको प्रमुखमा एमालेका मोहनकुमार श्रेष्ठ चार हजार ७३९ मत प्राप्त गरी विजयी भए ।  निकटतम प्रतिद्वन्द्वी काँग्रेसका डिल्ली खनालले चार हजार ६१३ मत प्राप्त गरे । उपप्रमुखमा एमालेकी इच्छाकुमारी गुरुङ चार हजार ८२६ मत प्राप्त गरी विजयी भइन् ।

यस्तै मानेभञ्ज्याङ गाउँपालिकाको अध्यक्षमा काँग्रेसका मोतीराज राई तीन हजार ८५९ मत प्राप्त गरी विजयी भए । निकटतम प्रतिद्वन्द्वी एमालेका रुपलाल तामाङले दुई हजार ५७२ मत प्राप्त गरे । उपाध्यक्षमा काँग्रेसकी सविता राई चार हजार ३५ मत प्राप्त गरी विजयी भइन् ।

यसैगरी चम्पादेवी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका नवराज केसी तीन हजार २४१ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिप्रसाद घिमिरेले दुई हजार ८४१ मत प्राप्त गरे । उपाध्यक्षमा काँग्रेसकी निर्मलादेवी रैका तीन हजार २४५ मत प्राप्त गरी विजयी भइन्।

त्यस्तै खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा काँग्रेसका वेदबहादुर रोका दुई हजार ९६० मत प्राप्त गरी विजयी भए ।  निकटतम प्रतिद्वन्द्वी एमालेका लाक्पागेल्बु शेर्पाले दुई हजार ३६१ मत प्राप्त गरे । उपाध्यक्षमा काँग्रेसकी सुशीला तामाङ तीन हजार १२४ मत प्राप्त गरी विजयी भइन ।

यस्तै सुनकोसी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका रुद्रप्रसाद अधिकारी तीन हजार ७०२ मत प्राप्त गरी विजयी भए ।  निकटतम प्रतिद्वन्द्वी एमालेका ज्ञानबहादुर खड्काले तीन हजार ३९७ मत प्राप्त गरे । उपाध्यक्षमा काँग्रेसकी दुर्गाकुमारी तामाङ तीन हजार ४८५ मत प्राप्त गरी विजयी भइन।

मोलुङ गाउँपालिकाको अध्यक्षमा एमालेका मणिराज राई तीन हजार १२ मत प्राप्त गरी विजयी भए । निकटतम प्रतिद्वन्द्वी काँग्रेसका महेन्द्र कार्कीले दुई हजार ९८६ मत प्राप्त गरे । उपाध्यक्षमा काँग्रेसकी हेमकुमारी तामाङ तीन हजार २५९ मत प्राप्त गरी विजयी भइन् ।

त्यस्तै लिखु गाउँपालिकाको अध्यक्षमा एमालेका गोविन्दबहादुर पौडेल तीन हजार १० मत प्राप्त गरी विजयी भए भने  निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अशोककुमार कार्कीले दुई हजार ९३५ मत ल्याए । उपाध्यक्षमा एमालेकी शान्ता ढुङ्गे तीन हजार ११० मत प्राप्त गरी विजयी भइन् ।

चिशङ्खुगढी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका निशान्त शर्मा बास्तोलाले निकटतम प्रतिद्वन्द्वी एमालेका भीमबहादुर थापा मगरलाई पराजित गरे । बास्तोलाले एक हजार ९०६ मत प्राप्त गरे। उपाध्यक्षमा एमालेकी सुष्मिका राई दुई हजार ७३ मत प्राप्त गरी विजयी भइन् ।

प्रकाशित मिति : २१ असार २०७४, बुधबार  ७ : १६ बजे